सुस्त-श्रवन भएपनि म भविष्यप्रति आशावादी छु ।

目次

सुस्त-श्रवन भएपनि म भविष्यप्रति आशावादी छु ।

नमस्ते, म कल्पना पुन, बाग्लुङबाट | हाल म नवलपरासीमा बस्छु र यहींको एउटा स्कूलबाट नै मैले माध्यमिक तह उत्तीर्ण गरें | पढाइमा तेज भएकोले मैले बाँकी उच्च शिक्षाको निम्ति विज्ञान संकाय रोजेकी छु अनि हाल म बि.एससी. तेस्रो वर्षमा अध्ययनरत छु | म सुस्त-श्रवण भएको व्यक्ति हुँ |

मेरो दश कक्षाको अन्तिम परीक्षा आउन केही समयअघिको कुरा हो, अचानक मेरा दुवै कान दुख्न थाले | डाक्टरले निको हुन्छ भन्दै केही औषधि दिए तर दुखाई कम हुनुको सट्टा मेरो सुन्ने क्षमतामा कमी आउन थाल्यो | १२ कक्षासम्म आइपुग्दा मलाई गुरु र साथीहरुले भनेका कुरा बुझ्न पनि हम्मे-हम्मे पर्न थाल्यो | यसले गर्दा मलाई साह्रै दुःख लाग्न थाल्यो, आफु गह्रौं भारले थिचिएजस्तो लाग्न थाल्यो जहाँबाट निस्किन कुनै उपाय थिएन | मेरो जीवन आफूले सोंचेको भन्दा बिल्कुल फरक बन्दै थियो |

मैले मेरो स्कूलदेखिको साथी ‘शोभा’ सँगै स्नातक शुरु गरें | उनले मलाई धेरै सहयोग गर्छिन्, गुरुहरुबाट नोट लिएर मलाई दिन्छिन् र मैले नबुझेको कुरा बुझाइदिन्छिन् | उनी नभएकी भए पक्कै पनि मलाई अध्ययनमा अघि बढ्न ज्यादै गाह्रो हुने थियो | त्यसपछि, मैले केही बहिरा मित्रहरुलाई पनि भेटें र आधारभूत सांकेतिक भाषा पनि सिके | म सांकेतिक भाषामा निपुण त छैन तर भविष्यमा यसमा पनि दक्ष हुन चाहन्छु ताकि म पनि बहिरा समुदायबीच घुलमिल हुन सकूँ | कलेजका अरु मित्रले पनि आवश्यक पर्दा मलाई सहयोग गर्छन्, त्यसैले म सामान्य किसिमले नै अघि बढ्दैछु भन्न चाहन्छु |

आजसम्म कसैले मलाई कान नसुन्ने भएकोले दुर्व्यवहार गरेको त छैन तर मेरो’boutमा पहिलोपल्ट जानेका केही नयाँ आफन्तहरुले केही नचाहिंदा प्रश्न सोधेर मलाई दिक्क पार्छन् जस्तै:- ‘नानी, तिम्रो बिहे भयो ? तिमी कान सुन्ने भाको भए बिहे हुन्थ्यो नि, जे होस्, कहिले बिहे गर्ने विचार छ ? तिम्रो केटासाथी छ ?’ उफ् ! यस्ता प्रस्नहरुले मलाई दिक्क पार्छन् तर म यिनलाई हाँसोमा उडाइदिन्छु |

विगतमा आफूलाई मात्र एक्लो ठानी म दुःखी हुन्थें तर आज मलाई मजस्तै पीडा भोग्नेहरू धेरै छन् भन्ने थाहा छ | त्यसैले म अचेल दुःख मान्दिनँ बरु अवसर मिले भविष्यमा अपांगता भएका व्यक्तिहरुको हकहितको निम्ति काम गर्न चाहन्छु | धन्यवाद !

Nepali Sign Language

皆さんの友達にも届きますように。Please Share!!
目次
閉じる