हाम्रो शान्त प्रेमकथा

目次

हाम्रो शान्त प्रेमकथा

नमस्ते म, सपना शर्मा, बाग्लुंगबाट | म कान सुन्न सक्छु, यद्द्यपि म कान नसुन्नेहरुको सदा शुभचिन्तक हुँ किनकि म बाग्लुंगको बहिरा स्कूलकी भू.पू. शिक्षिका हुँ | अझै भन्नुपर्दा मेरा श्रीमान श्री सूर्यकृष्ण चौलागाई पनि बहिरा हुनुहुन्छ |

हाम्रो प्रेमकथा आधुनिक रवाफमा डेटिंग वा क्रेजीपनबाट सुरु भएको होइन, बरु यो त विशुद्ध परम्परागत मागी विवाहअन्तर्गत नै भएको हो | भनिन्छ, जोडीहरु माथिबाट नै जुराइएका हुन्छन् रे, त्यसैले हाम्रो जोडी पनि माथिबाट नै जुराइएको हो भन्दा अतिशयोक्ति नहोला नत्र बिहेअघि मैले चिन्दै नचिनेको मान्छे मेरो जीवन-साथी कसरी हुन्थे होला ? म सोंच्छु सायद, म उहाँकैलागि अनि उहाँ मेरैलागि बनिनुभएको हो नत्र उहाँभन्दा अघि मलाई थुप्रै (सामान्य व्यक्ति) माग्न आउनेहरुप्रति मेरो मन किन कहिल्यै बसेन ?

म बाग्लुंग बहिरा स्कूलमा शिक्षिका हुँदा मेरा शुभचिन्तक मधुसुदन दाइमार्फत सूर्यकृष्ण’bout पहिलोपल्ट सुनें | दाइले ‘एकपल्ट उसलाई भेटेर कुरा गरौँ न, भेटेर केही बिग्रिने त होइन’ भनेर मलाई सुझाउनुभयो र म पनि उहाँकै सल्लाहनुसार राजी भएँ | अनि सूर्य मलाई भेट्न काठमाडौँदेखि बाग्लुंग आउनुभयो | उहाँ त्यतिखेर लाइब्ररियन हुनुहुन्थ्यो र हामी कुनै रेस्टुरेन्टमा नभई स्कूलकै शान्त खुला चौरमा पहिलोपल्ट भेट्यौं | मैले त उहाँलाई पहिलो नजरमै मनपराएँ अनि सांकेतिक भाषामा कुरा गर्दा उहाँको व्यक्तित्व पनि बुझें र झनै प्रभावित भएँ | मनले मनलाई खिंच्छ भन्छन्, थाहै नपाई त्यतिखेर पनि उहाँको मनले मेरो मनलाई खिंचेको रहेछ |

त्यसपछि छिट्टै परम्परागत रुपमा हाम्रो बिहे भयो | बिहेपछि उहाँले पहिल्यैदेखि आँटेका लोकसेवाको परिक्षा दिनुभयो अनि सफल पनि हुनुभयो र आज उहाँ नेपाल राष्ट्र बैंक, सिन्धुली शाखाको सहायक अधिकृतको रुपमा जागिरे हुनुहुन्छ | मैले उहाँसित बिहे गरेपछि धेरैजसो सांग मित्रहरुले मलाई ‘किन त्यस्तोसित बिहे गरेकी ? उसित जिन्दगी अब कसरी काट्छौ  ? के उसले तिमीलाई खुशी राख्न सक्छ ?’ आदि इत्यादी प्रश्न सोधेर दिक्कै पारे | मलाई अचम्म लाग्यो, सुन्ने क्षमता छैन भन्दैमा जीवन धान्ने क्षमता पनि हुँदैनजस्तो किन सोंच्छन् सांग भनाउँदा मान्छेहरु ? मैले ’emलाई यही प्रतिप्रश्न गरें र कान नसुन्नेहरुका पक्षमा आफूले भ्याएसम्मको जोशले लामो वक्तव्य नै दिएँ | मेरो वक्तव्य सुनेर ’emको कानै टट्टाएझैँ लाग्यो, त्यसैले अन्तमा ’emले ‘ल ठीक छ, बी ह्याप्पी !’ भन्दै चुप लागे | पछि सूर्यले लोकसेवामा जागिरे भएर ’emले उहाँप्रति गरेका अक्षमताको शंकालाई बिल्कुल निर्मूल पारिदिए र एउटा गतिलो पाठ पनि सिकाइदिए |

अँ त, लोकसेवामा सफल हुन उहाँले गर्नुभएको संघर्ष’bout पनि अलिकति बताइहालूँ किनकि उहाँको संघर्ष चानचुने थिएन | अपांगता कोटाअन्तर्गत लोकसेवामा पास भए अपांगता भएका व्यक्तिले पनि स्थायी सरकारी जागिर पाउन सक्ने भएकोले उहाँले मिहिनेतसाथ अध्ययन गर्नुभयो र एकचोटी मात्र होइन आठ-आठचोटी लिखित परीक्षा उत्तीर्ण गरी नाम निकाल्नुभयो तर विडम्बना, अन्तिमपल्ट अन्तर्वार्ता दिएपछि जहिल्यै उहाँलाई बहिरा भएकैले अस्विकार गरियो र यो क्रम एकपल्ट मात्र होइन सातपल्टसम्म दोहोरिरह्यो |

अरुजस्तो सामान्य व्यक्ति भएका भए उहाँले हात धोइसक्नुहुन्थ्यो होला तर सातैपल्टसम्म पनि आफू सफल नभएपनि उहाँले हिम्मत हार्नुभएन र लोकसेवालाई नै ताक्न पनि छाड्नुभएन | अन्तमा, उहाँको यही दृढ आँटका कारण आठौँपल्टको अन्तर्वार्तापछि चाहिं उहाँ सफल हुनुभयो | लक्ष्यप्राप्तिका लागि कहिल्यै हार नमानी परिश्रम गरिरहने र बहिरोपनको बावजुद पनि हामी सक्षम छौं भन्ने उहाँको संदेश आज सबै बहिरोपन पीडितहरुसमक्ष पुगोस् भन्ने म चाहन्छु अनि उहाँ पनि चाहनुहुन्छ |  

अचेल दुई वर्षकी प्यारी छोरीसहितको हाम्रो सानो-सुखी परिवार छ अनि जस्तो सुरुवातमा हाम्रो प्रेमकथा शान्त र सौम्य थियो, अहिले पनि त्यस्तै प्रकारले गुडिरहेको छ | अन्तमा, अझै थपेर म अझैपनि कान नसुन्नेहरुप्रति हेय दृष्टिकोण भएका महाशयहरुल्लाई यो मेरो कथाबाट फेरि पनि चेतनामुलक संदेश दिन चाहन्छु जुन यसप्रकार छन्;

बहिराहरु पनि सांगजस्तै सबल र सक्षम हुन्छन् | उनीहरुलाई ‘कठैबरा !’ भनेर फोस्रो दया होइन अवसर र हौसलाको खाँचो छ | उनीहरुलाई अवसरबाट वन्चित गराउनु हुँदैन किनकि उनीहरुले पनि सांगहरुले जस्तै मिहिनेतसाथ काम गर्न सक्छन् | सबैले उनीहरुलाई सकेको सहयोग गर्नुपर्छ, हरेक क्षेत्रमा दोभाषेको व्यवस्था हुनुपर्छ, उनीहरुको संकेत सिक्न अनि उनीहरुसँग बोल्न तथा घुलमिल हुन पनि झर्को मान्नु हुँदैन | धन्यवाद !

Nepali Sign Language

皆さんの友達にも届きますように。Please Share!!
目次
閉じる