अन्तर्वार्ता लिनुहोस्

अन्तर्वार्ता लिनुहोस्

हामी अन्तर्वार्ता लिने व्यक्तिको खोजीमा छौं जसले तपाईको देश, सहर, परिवार आदिबाट बहिरा तथा सुस्त-श्रवण भएका व्यक्तिहरुका कथाहरु संकलन गर्नेछन् । यदि तपाईलै हाम्रा क्रियाकलापप्रति रुचि जागेको छ र हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने तपाई पनि हाम्रो मेम्बर बन्दा कसो होला ?

तपाईले श्रवण क्षमतासम्बन्धि बोल्न चाहने व्यक्तिहरु फेला पारी उनीहरुको अन्तर्वार्ता लिनुपर्नेछ अनि उनीहरुको कथा’bout एउटा लेख पनि लेख्नुपर्नेछ । थप जानकारीको लागि तल दिईएका बुँदागत आवश्यकतालाई हेरिसकेपछि हामीसित सम्पर्क गर्नुहोला ।

आवश्यकताहरु:-

  • श्रवण क्षमतासम्बन्धि सबलाई सुसुचित गर्ने बलियो चाहना भएका व्यक्तिहरुले हामीसित सहकार्य गर्न सक्नेछन् र उनीहरुले पनि केही जिम्मेवारी वहन गर्दै सबैजना सँगसँगै मुस्कुराउन सक्ने संसार सिर्जने आशामा सहभागी हुन सक्नेछन् ।
  • कम्प्युटर वा स्मार्टफोनसम्बन्धि आधारभूत ज्ञान भएको हुनुपर्ने । (जस्तै, जुम वा लाइनसम्बन्धि सामान्य ज्ञान)
  • सांकेतिक भाषामा कुरा गर्नसक्नेलाई प्राथमिकता दिइनेछ ।
  • स्वयंसेवीहरुलाई सदैव स्वागत छ । (हाम्रो यो प्रोजेक्ट विस्तार भयो भने भविष्यमा पारिश्रमिकको व्यवस्था पनि गर्ने सोंच हामीले बनाएका छौं ।)