MENU

आफ्ना कथा सम्प्रेषण गर्नुहोस्

आफ्ना कथा सम्प्रेषण गर्नुहोस्

किन तपाईले संसारलाई उनीहरुलाई अहिलेसम्म थाहा नभएका कुराको थाहा नदिने ? साँच्चै नै आज संसारमा त्यस्ता थुप्रै मानिसहरु छन् जसलाई तपाईका आफ्ना अनुभव, चाहना र संघर्षबारे जान्ने आवश्यकता र उत्सुकता दुवै छ ।

हामी सबैलाई बहिरोपन तथा सुस्त-श्रवणसम्बन्धि सुसूचित गर्ने अवसरहरु सिर्जना गर्न प्रयासरत छौं । यीसम्बन्धि तथ्य र ज्ञानको आवश्यकता त छ नै तर हरेक व्यक्तिका सत्य-कथाहरु झन् सुनमा सुगन्ध बराबर हुन्छन् । त्यसैले हामी विश्वास गर्छौं कि तपाईका कथाहरुमा यस्तो शक्ति छ जसले एउटा यस्तो संसार सिर्जन सक्छ जहाँ सबैजना सुस्त-श्रवण वा बहिरोपनको बावजुद पनि सँगसँगै मुस्कुराउन सक्छन् ।

तपाईका कथाहरु सीमापारि विभिन्न भाषामा सम्प्रेषण हुनेछन् ।
(जस्तै:– अंग्रेजी,  नेपाली, जापानी, जापानी सांकेतिक भाषा र नेपाली सांकेतिक भाषा)

तरिकाहरु:-
・ कृपया हामीलाई यहाँको फाराम वा सामाजिक संजालद्वारा सम्पर्क गर्नुहोला ।
・ डेफ शिरुका एकजना मेम्बरद्वारा प्रत्यक्ष वा जुमद्वारा तपाईको अन्तर्वार्ता लिइनेछ ।
(एसएनएसद्वारा मात्र सञ्चार पनि ग्रहणयोग्य छ ।)
・ नमुनाको रुपमा हाम्रो ड्राफ्ट लेख हेर्नुहोला र आवश्यक सम्पादन गर्नुहोला ।
・हामी त्यसलाई प्रत्येक भाषामा अनुवाद गर्नेछौं अनि त्यसलाई हाम्रो वेबसाइटमा राख्नेछौं ।