के हो ‘डेफ शिरु’ ?
‘डेफ शिरु’ एउटा यस्तो जापानी संस्था हो जसले बहिरा (पूर्ण वा आंशिक अनि जन्मजात वा पछि) वा सुस्त-श्रवन भएका व्यक्तिहरुको सत्यकथा विभिन्न भाषामा सम्प्रेषण गर्दछ ताकि सुनाइसम्बन्धि समस्यालाई बुझ्न र बुझाउन एक-अर्कालाई प्रोत्साहन गर्न सकियोस् ।
हाम्रो लक्ष्य सुनाइ समस्याको बावजुद पनि सबैजना संगसंगै मुस्कुराउने संसार हासिल गर्नु हो ।
यसो गर्ने उत्तम तरिका सुनाइ-ह्राससम्बन्धि सबै जानकार हुनु र जनचेतना जगाउनु, यस समस्याबाट पीडितहरुबीच संचार कायम गर्नु अनि उनीहरुले सामना गर्नुपरेका अप्ठ्याराहरूप्रति सक्रिय कदम चाल्नु हो ।
हामी जापान, नेपाल तथा अन्य देशबाट हरेकका आ-आफ्ना अनुभव, विचार र ईच्छा-आकांक्षा समेटिएका आत्मकथाहरु संकलन गर्छौं र तिनलाई जापानी, अंग्रेजी तथा नेपाली भाषामा (जापानी/नेपाली सांकेतिक भाषामा पनि) सम्प्रेषण गर्छौं । अझ भन्नुपर्दा हामी नियमित रुपमा कार्यशाला संचालन पनि गर्छौं जसमा उनीहरू पाठकहरुसित अन्तरक्रिया गर्न सक्छन् । अनि हामी यसो गर्नाले परस्परमा आपसी समझदारी राम्रो हुनेमा आशा गर्छौं ।
यही समयमा, हामी एउटा समस्या सुल्झाउन पनि लागिपरेका छौं अर्थात् हामी हाम्रो सहकर्मी देश नेपालका बहिरा समुदायबीच रोजगारीका अवसरहरू सिर्जने प्रयासमा छौं | हाम्रो लक्ष्यप्राप्तिमा सहकार्य गर्न र आफ्नो क्षमताको उच्चतम प्रयोग गर्न हामी नेपाली बहिराहरूलाइ अनुरोध गर्छौं अनि बदलामा, हामी ज्याला पनि दिन्छौं ताकि यो पनि एउटा रोजगारीकै अवसर बन्न सकोस् |
स्थापनाको कारण

- हरेक जनसंख्यामा ६% को दरमा मानिसहरु जन्मजात वा पछि बहिरा वा सुस्त-श्रवण भएका छन् ।
- बहिरोपनबारे जान्ने-बुझ्ने तथा त्यस्ता व्यक्तिहरुसित संचार गर्ने अवसर कहीं कतै पनि छैन ।
- ‘अपांगता’लाई यहाँ मजाकजस्तो ठानिएको छ ।
- मेरा आफ्ना सुनाइसम्बन्धि चुनौतीहरुबारे प्रकाश पार्न जरुरी भएकोले ।
- सरल संचार
- एउटा संसार जहाँ सुनाइ समस्याको बावजुद पनि सबैजना संगसंगै मुस्कुराउँ =छन् ।
- ‘डेफ शिरु’को भूमिका
‘डे फ शिरु’प्रति मसँग अझ धेरै कारण, अनुभव र भावना छन् जुन म यहीं प्रस्तुत गर्न सक्दिनँ ।
कृपया थप जान्न माथिको बटन थिच्नुहोला ।
संस्थापक: शुहेइ कुमागाई
हामीलाई सहयोग कसरी गर्ने ?
सम्पर्क
तपाई यस संस्थाबारे जस्तोसुकै प्रश्न वा सुझावहरु लिएर हामीलाई नहिच्किचाई सम्पर्क गर्न सक्नुहुन्छ ।
हामी लेक्चरसम्बन्धि अनुरोध-पत्र पनि स्वीकार्छौं । यसबारे तपाई यस संस्थाका संस्थापक श्री शुहेइ कुमागाईज्युसँग भिडियो-च्याट पनि गर्न सक्नुहुन्छ ।
यो संस्था सबैजनाको सहकार्यमा अघि बढ्दै जानेछ भन्ने कुरामा म एकदमै आशावादी छु ।