श्रवण-अपाङ्गताको बावजुद पनि सबैजना मुस्कुराउने संसारको सिर्जना गर्ने |
हाम्रो लक्ष्य सुनाइ समस्याको बावजुद पनि सबैजना संगसंगै मुस्कुराउने संसार हासिल गर्नु हो ।
यसो गर्ने उत्तम तरिका सुनाइ-ह्राससम्बन्धि सबै जानकार हुनु र जनचेतना जगाउनु, यस समस्याबाट पीडितहरुबीच संचार कायम गर्नु अनि उनीहरुले सामना गर्नुपरेका अप्ठ्याराहरूप्रति सक्रिय कदम चाल्नु हो ।
हामी जापान, नेपाल तथा अन्य देशबाट हरेकका आ-आफ्ना अनुभव, विचार र ईच्छा-आकांक्षा समेटिएका आत्मकथाहरु संकलन गर्छौं र तिनलाई जापानी, अंग्रेजी तथा नेपाली भाषामा (जापानी/नेपाली सांकेतिक भाषामा पनि) सम्प्रेषण गर्छौं । अझ भन्नुपर्दा हामी नियमित रुपमा कार्यशाला संचालन पनि गर्छौं जसमा उनीहरू पाठकहरुसित अन्तरक्रिया गर्न सक्छन् । अनि हामी यसो गर्नाले परस्परमा आपसी समझदारी राम्रो हुनेमा आशा गर्छौं ।
यही समयमा, हामी एउटा समस्या सुल्झाउन पनि लागिपरेका छौं अर्थात् हामी हाम्रो सहकर्मी देश नेपालका बहिरा समुदायबीच रोजगारीका अवसरहरू सिर्जने प्रयासमा छौं | हाम्रो लक्ष्यप्राप्तिमा सहकार्य गर्न र आफ्नो क्षमताको उच्चतम प्रयोग गर्न हामी नेपाली बहिराहरूलाइ अनुरोध गर्छौं अनि बदलामा, हामी ज्याला पनि दिन्छौं ताकि यो पनि एउटा रोजगारीकै अवसर बन्न सकोस् |
अयोजना र दुरदृष्टि
श्रवण-अपाङ्गताको बावजुद पनि सबैजना मुस्कुराउने संसारको सिर्जना गर्ने |
समाजमा देखापर्ने नवीनता वा फरकपनप्रति हामी अलिकति सोंचमग्न हुन सक्छौं | यद्दयपि, कहिलेकाहीं, तपाईको आफूभन्दा फरक कोहीसित जम्काभेट हुन सक्छ तर तपाई रमाइला वा नविन कुराहरुद्वारा तिनको फरकपनलाई बिल्कुलै बेवास्ता गर्न सक्नुहुन्छ वा चाहनुहुन्छ | वास्तवमा, श्रवण-अपांगताबारे धेरैलाई थाहै छैन | यस सन्धर्भमा भन्नुपर्दा, उनीहरुलाई यस्ता नवीन कुराबारे जानकारी दिने विभिन्न मौकाहरु पनि हाम्रामाझ छन् | यस आयोजाद्वारा, फरक-फरक परिस्थितिका व्यक्तिहरु एक-अर्कासित जोडिदै उत्साहमय जम्काभेटद्वारा मुस्कुराउन सक्नेछन् | तसर्थ, हाम्रो दुरदृष्टि यही अनुभवमा योगदान पुर्याउने पुलको रुपमा रहने छ |
अभियान
बहिरा तथा सुस्त-श्रवण भएका व्यक्तिहरुको वास्तविक कथाहरु सम्प्रेषण गर्ने |
- बहिरा तथा सुस्त-श्रवण भएका व्यक्तिहरुको वास्तविक कथाहरु सम्प्रेषण गर्ने |
- उनीहरुका विचार र अनुभव आदान-प्रदान गर्न अवसर सिर्जना गर्ने |
त्यस्ता अवसर सिर्जना गर्न हामी दुईटा श्रोत प्रदान गर्छौं: मानिसहरु र स्थान
- मानिसहरु = हाम्रा समुहका सदस्यहरु, जो विभिन्न भाषाका ज्ञानमा निपुण छन्, उनीहरुले तपाईलाई सहयोग गर्नेछन् |
- स्थान = हामी तपाईका कथा शेयर गर्न मिल्ने स्थान प्रदान गर्नेछौं, जस्तै:- वेबसाइट र कार्यशालाहरु |
मूल्य-मान्यता
फरकपन र नवीनतालाई आत्मात गर्ने |
कुनैपनि फरकपन र नवीनता वास्तवमा हाम्रालागि अनुभवको क्षेत्रमा उत्साहपूर्ण अघि बढ्न सघाउने अति मूल्यवान अवसर हुन् | हामी सबैको मूल्य-मान्यताको कदर गर्दै सबैको मत र विचार ग्रहण गर्छौं अनि हामीसँग सहकार्य गर्नेहरुप्रति हृदयदेखि नै आभारी छौं | हामी एउटा आदर्श संसार सिर्जन श्रवण-अपांगतासम्बन्धि निरन्तर रुपमा जनचेतना फैल्याउँदै जानेछौं |
- स्वीकार: हामी कसैको पनि फरकपन र नवीनतालाई अस्विकार गर्दैनौं किनकि हामीमा एक-अर्कालाई सम्मान गर्ने बानी छ |
- सम्बन्ध: हामी सबै किसिका जम्काभेटलाई स्वागत गर्छौं अनि स्वस्थ र मित्रवत सम्बन्ध स्थापित गर्न तत्पर रहन्छौं |
- चुनौती: हामी चुनौती वा परिवर्तनलाई देखेर डराउँदैनौं, बरु तिनको सामना गर्दै निरन्तर संघर्ष गर्ने हौसला दिन्छौं |